यस्तो छ खतिवडा समितिले बुझाएको वीपी प्रतिष्ठानको छानबिन प्रतिवेदन, (प्रतिवेदनसहित )


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस गरिएको स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन प्रतिवेदन सरकारले अझै गोप्य राखेको छ । प्रतिवेदनमा ‘भ्रष्ट’ भनेर किटान गरिएका पदाधिकारीले प्रहरी बोलाएर प्रतिष्ठानमै ‘परेड’ खेलाउन सुरु गर्दा पनि सरकार र सरोकारवाला निकायहरू मौन छन् ।

खरिदमा पदाधिकारीहरुबीच विवाद हुने र लेनदेनमा कुरा नमिल्ने गरेको खतिवडा समितिको प्रतिवेदनमा प्रस्ट पारिएको छ । फेरि पनि वीपीका बर्खास्तको सिफारिसका परेका पदाधिकारी १६ करोड मूल्य पर्ने आइसियू र भेन्टिलेटर खरिद गरेर कमिसन कुल्याउने दाउमा देखिन्छन् ।

वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कार्यालय समयमा मादक पदार्थ सेवन (मापसे) गरेर आउने गरेको प्रतिवेदनले पुष्टि गरेको छ । पदीय मर्यादाको ख्याल नगरी कार्यालय प्रवेश गरेर प्रतिष्ठानमा अभद्र व्यवहार देखाउने ‘जँड्या’ उपकुलपति गिरीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्न सुद्धिकरण अभियान तातेको छ । तर वीपीका पदधिकारीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान, संयुक्त संघर्ष समितिको आन्दोलनमाथि प्रहरी लगाएर धरपकड सुरु गरेका छन् ।

वीपीका पदाधिकारीलाई सिनेटसम्म त्यो कुर्सीमा बस्ने नैतिक हैसियत नरहेको भन्दै संयुक्त संघर्ष समितिले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरू खनाल र अस्पताल निर्देशक गौशीशंकर शाहलाई कार्यकक्षमा जान रोक्न खोजेको थियो ।  संयुक्त संघर्ष समितिको उक्त कदमविरुद्ध वीपीका पदाधिकारीले प्रहरी बोलाएर दमन गर्न लगाएका छन् ।

वीपी प्रतिष्ठान प्रहरीले ‘परेड’ खेल्ने ठाउँ बनेकोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियानले आपत्ति जनाएको छ । प्रतिवेदनमा हटाउन सिफारिस गरिएका पदाधिकारी कै  अहिलेपनि वीपी प्रतिष्ठानमा हालिमुहाली देखिन्छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ कार्तिक १ गतेको निर्णयबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ (घ) बमोजिम स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको अध्यक्षतामा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तीलक राई सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए । गोप्य राखिएको उक्त समितिको प्रतिवेदन स्वास्थ्य लाइभले विशेष शुत्रबाट प्राप्त गरेको छ । वीपीमा धरपकड सुरू भएपछि त्यो प्रतिवेदन सार्वजनिक गर्न उपयुक्त ठानेर स्वास्थ्य लाइभले सार्वजनिक गरेको छ ।

यस्तो छ छानबिन प्रतिवेदनको पूर्ण अंश

BP Full Report

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com