कार्यकक्षबाट यसरी ‘भागे’वीपी प्रतिष्ठानका निर्देशक साह (भिडिओ हेर्नुहोस्)


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अस्पताल निर्देशन डा. गौरीशंकर साह प्रहरी सुरक्षा घेरामा ‘भागे’को भिडिओ भाइरल भएको छ । वीपी प्रतिष्ठानमा प्रहरीले स्वास्थ्यकर्मीमाथि दमन गरेपछि अस्पताल निर्देशक डा. साहको कार्यकक्ष घेर्न संयुक्त संघर्ष समितिका आन्दोलनकारीहरू पुगका थिए । त्यसपछि प्रहरी सुरक्षा घेरामा उनी कार्यकक्षबाहिर ‘टाप’ ठोकेको भिडिओमा देख्न सकिन्छ ।

 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान संयुक्त संघर्ष समिति सिनेट बैठक नबसेसम्म वीपीका पदाधिकारी( उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरू खनाल र अस्पताल निर्देशक साह)लाई प्रवेश निषेध गरेको थियो । तर उनीहरू सुरक्षा फौज प्रयोग गरेर आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए । पदाधिकारीलाई रोक्न खोज्दा आन्दोलरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच घम्साघम्सीसमेत भयो । अन्तत: जबरजस्ती प्रवेश गरेर अस्पताल  निर्देशक साह आन्देलनरत पक्षको कार्यकक्ष घेराउपछि भाग्न बाध्य भए ।

आफू दोषी ठहर भए एक सेकेन्ड पनि  निर्देशकको कुर्सीमा नबस्ने उद्‌घोष गरेका डा. साहले सरकारले गठन गरेका विभिन्न समिति/कार्यदलले आर्थिक अनियमितता र पदीय आचरणमा दोषी ठहर गरेपनि लाचार भएर कुर्सीमा टाँसिरहेका छन् । उनले एउटा बोल्ने र अर्को गर्ने गरेपछि शुद्धिकरण अभियानले असन्तुष्टि जनाउँदै आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान संयुक्त संघर्ष समितिको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीलाई हस्तक्षेप गर्न लगाएर आफैं तल खस्ने काम गरेको निर्देशक साहमाथि आरोप लागेको छ । प्रवेश निषेधलाई चुनौती दिँदै प्रहरीको पहरामा कार्यकक्षभित्र छिरेका निर्देशक साह केही समयपछि कार्यकक्ष छोडेर हिड्न बाध्य भएका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com