भृकुटीमण्डपको फोहोर सोर्न कांग्रेस नेताहरू खटिए


काठमाडौं । कांग्रेस १४ औं महाधिवेशनले गर्दा भृकुटीमण्डपमा भएको फोहोर सोर्न कांग्रेस नेताहरू फिल्डमा खटिएका छन् ।

कांग्रेस महाधिवेशनमा विभिन्न उम्मेदवारको प्रचार सामाग्रीले भृकुटीमण्डपमा फोहोर भएको थियो । पर्चा पम्प्लेटलगायतका सामग्री छरपस्ट अवस्थामा थिए । त्यसलाई हटाउन कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा, महाधिवेशन प्रतिनिधि काठमाडौंबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद दीपेन्द्र श्रेष्ठलगायतको टोली फिल्डमा गएको हो ।

आफूले गरेको फोहोर आफैं सफा गरौं भन्ने उद्देश्यले महाधिवेशनमा भएको फोहोर उठाइएको सांसद श्रेष्ठको भनाइ छ । फोहोरका कारण विभिन्न सरूवा रोग फैलिन सक्ने भएकाले आफूहरू फोहोर सफा गर्न गएको उनले सुनाए ।

काठमाडौंलाई स्वस्थ, सफा र सुन्दर बनाउँने अभियानमा आफू सक्रिय रहेको बताउँदै सांसद श्रेष्ठले कांग्रेस महाधिवेशनका क्रममा भएको फोहोर सफा गर्नु आफ्नो कर्तव्य भएको धारणा राखे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com