पूर्व स्वास्थ्यमन्त्री गगन थापा कांग्रेस महामन्त्रीमा निर्वाचित


काठमाडौं । कांग्रेस महामन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री थापा कांग्रेस महामन्त्रीमा निर्वाचित भएका छन् ।

उनले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछाडि पार्दै थापा कांग्रेस महामन्त्री बनेका हुन् । थापाले ३ हजार २३ मत ल्याएर कांग्रेस महामन्त्रीमा विजयी भएका छन् ।

स्वास्थ्यमन्त्री हुँदा चर्चामा आएका थापा कांग्रेसभित्र पनि लोकप्रिय रहेको १४ औं महाधिवेशनको मत परिणामले पुष्टि गरेको छ । सुरुवाती चरणमै उनले अन्य प्रतिस्पर्धी भन्दा निकै बढी मत ल्याएका छन् । थापा डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

थापासँगै विश्वप्रकाश शर्मा पनि महामन्त्री निर्वाचित भएका छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।  सभापतिको शेर बहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई पछि पार्दै गगन र विश्व कांग्रेस महामन्त्रीमा उदाएका हुन् । थापाले सभापतिमा निर्वाचित देउवा भन्दा बढी मत ल्याएर इतिहास रचेका छन् ।

कांग्रेस महामन्त्रीमा प्राप्त मतअनुसार पाँचौ स्थानमा रहेका डा. मिनेन्द्र रिजालले भने रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

डा. रिजालले अपरान्ह ४ बजे रक्षा मन्त्रालय, सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रम राखेर रक्षामन्त्रीबाट विदाई हुने तयारी गरेका छन् ।

नेपाली कांग्रेस महामन्त्रीको अन्तिम मतपरिणामः 

गणना भएको मत : ४६८२

गगनकुमार थापा : ३०२३ (निर्वाचित)

विश्व प्रकाश शर्मा : १९८४ (निर्वाचित)

प्रकाश शरण महत : १५५६

प्रदिप पौडेल : १३९३

मिनेन्द्र रिजाल :८०९

राजाराम कार्की : १०६

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com