राप्ती प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. लामिछाने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा. विसन्त लामिछानेलाई दिएको छ । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षको भूमिकामा छन् ।

मन्त्रालयले पदावधि समाप्त भएकी उपकुलपति डा. संगिता भण्डारीलाई अर्को उपकुलपतिको नियुक्ति नभएसम्मका लागि राप्ती प्रतिष्णराप्ती प्रतिष्ठानको उपकुलपतिको हैसियतमा कामकाज गर्ने गरी तोकिएको जिम्मेवारीको निर्णय बदर गरी  शिक्षाध्यक्ष डा. लामिछानेलाई निमित्त उपकुलपतिको कामकाज गर्न भनेको छ ।

मंसिर २४ गते भण्डारीलाई नै निरन्तरता दिइएको पत्र पठाएपछि विवादमा आएको थियो । अहिले त्यसलाई बदर गरेर शिक्षाध्यक्ष लामिछानेलाई निमित्तको जिम्मेवारी प्रदान गरिएको हो ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com