स्वास्थ्यमा आए उपसचिव खतिवडा


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव भवनाथ खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएर आएका छन् ।

स्वास्थ्य मन्त्रालयमा खाली रहेको उपसचिवको दरबन्दीमा खतिवडा सरुवा भएर आएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आन्तरिक शाखामा रिक्त रहेको उपसचिवको दरबन्दीमा उनलाई सरुवा गरेर पठाइएको हो ।

खतिवडाले यसअघि पनि स्वास्थ्य मन्त्रालयमा बसेर काम गरिसकेका छन् । उनले  स्वास्थ्यमन्त्रीको निजी सचिवालयदेखि स्वास्थ्य समन्वय जस्ता ठाउँमा बसेर कामको अनुभव बटुलिसकेका छन् ।

दुई वर्ष भन्दा अगाडि स्वास्थ्यबाट सरुवा भएर सिंहदरबार प्रवेश गरेका खतिवडा फेरि फर्किएर स्वास्थ्य मन्त्रालयमै आएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com