डा. कोइराला कांग्रेस केन्द्रीय सदस्यमा अगाडि


काठमाडौं । नेत्र चिकित्सक डा. शशांक कोइराला कांग्रेस केन्द्रीय सदस्यको मत गणनामा अग्रस्थानमा देखिएका छन् । १०० मतगणना हुँदा डा. कोइरालाले ५३ मत प्राप्त गरेका छन् ।

कांग्रेस महामन्त्रीसमेत भइसकेका नेत्र चिकित्सक एवं वीपी पुत्र डा. शशांक कांग्रेस केन्द्रीय सदस्यको मतगणनामा प्रारम्भिक चरणमा लोकप्रिय मतका साथ अगाडि बढेको देखिन्छ ।

त्यस्तै ४४ मतका साथ उदय सम्शेर राणा, तेस्रो स्थानमा ४३ मतका साथ रामहरि खतिवडा देखिएका छन् । रमेश लेखकको ४२ र एनपी साउदको ३७ मत आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com