विद्यार्थीमाथि ठगी गरेको आरोपमा केएमसीमा तालाबन्दी


काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले अतिरिक्त शुल्क लिएर ठगी गरेको भन्दै तालाबन्दी गरिएको छ ।

केएमसीले करिब २० लाख रुपैँया भन्दा बढी अतिरिक्त शुल्क लिएर ठगी गर्न खोजेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

आज विद्यार्थीहरुबाट चर्को शुल्क असुल्ने केएमसीमा अखिल (क्रान्तिकारी)को नेतृत्वमा तालाबन्दी गरिएको  छ । मेडिकल माफिया मुर्दावाद भन्दै मान्यता थापाको नेतृत्वमा केएमसीमा आन्दोलन र तालाबन्दी गरिएको हो ।

तालाबन्दीपछि बोल्दै मान्यता थापाले अतिरिक्त शुल्क लिने मेडिकल माफियाविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिइन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा विभिन्न शिर्षक बनाएर विद्यार्थीहरुबाट चर्को शुल्क असुल्ने केएमसीमा तालाबन्दी गरिएको उनको भनाइ छ ।

केएमसीले अतिरिक्त शुल्क असुलेको ठगी गरेको आरोपमा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत दिएका छन् ।

एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यकामा ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजर २५ रुपैँया निर्धारण गरेको छ । तर केएमसीले ६० लाख भन्दा बढी लिन खोजेको विद्यार्थीहरुको भनाई छ ।

 प्रेस विज्ञप्ति

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com