नोबेल मेडिकल कलेजविरुद्ध सिडिओसँग गुहार माग्दै विद्यार्थी


काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क मागेर प्रवेश निषेध गरेपछि विद्यार्थीहरु गुहार माग्दै मोरङ जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ५ लाख बढी अतिरिक्त शुल्क मागेपछि विद्यार्थीहरु सिडिओ भेटेर गुहार माग्न बाध्य भएका हुन् । अतिरिक्त शुल्क  नतिर्ने अडान लिएपछि त्यस्ता विद्यार्थीलाई कलेज प्रशासनले पढ्नबाट बञ्चित गरेको हो ।

भिडिओ स्रोत अर्थ न्यूज

कलेज प्रशासनले ज्यादती गरेको भन्दै उनीहरु जिल्ला प्रशासनको शरणमा पुगेका छन् । तर प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललई नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले नटेरेपछि ठगिएका विद्यार्थीहरू बिचल्लीमा परेका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com