लोकसेवाले ८ जना अनमी माग्दा २१ सय ४ जना भिडे


काठमाडौं । गण्डकी प्रदेशको लोकसेवा आयोग ८ जना अनमी माग्दा २१ सय ४ जना भिडेका छन् ।

प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा प.हे. न. समूह,चौथो तह अनमी (प्राविधिक) ८ पदका लागि विज्ञापन खुलाएकोमा २१ सय ४ जना लिखित परीक्षामा सम्मिलित रहेको लोकसेवा आयोगको सूचनामा उल्लेख छ । त्यसमध्ये ४६ जना उत्तीर्ण भई लिखित परीक्षाका लागि छनौट भएका हुन् ।

आयोगले खुला कोटाबाट ४, महिला १,आदिबासी जनजाती १,मधेसी र दलित एक एक जना गरी कूल आठ जना अनमी मागेको थियो । खुला ४ मा लिएको परीक्षामा अन्तर्वार्ताका लागि ७ जना छनौट भएका छन् । त्यस्तै महिला एकमा २७,आदिबासी जनजाती एकजनामा ४ ,मधेसी एक पदमा ७ र दलित एक पदका लागि भएको परीक्षामा पनि अन्तर्वार्ताका लागि ७ जना छनौट भएका हुन् । लिखित परीक्षामा मागिएको भन्दा २६३ गुणा बढीले आवेदन दिएको देखिन्छ ।

आयोगले गत मंसिर ४ गते अनमीका लागि लिएको उक्त परीक्षाबाट  अन्तर्वार्ताका लागि  छनौट भएकाको अन्तर्वार्ता माघ २ र ३ गते हुने  जनाएको छ ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com