सरकारले अलग्गै जेष्ठ नागरिक अस्पताल बनाउन कार्यदल बनायो


काठमाडौं । सरकारले छुट्टै जेष्ठ नागरिक अस्पताल बनाउन बनाउन कार्यदल बनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. राधिका थपलियाको संयोजकत्वमा पायक पर्ने स्थानमा अलग्गै विशिष्टकृत जेष्ठ नागरिक अस्पताल सञ्चालन गर्ने सम्बन्धनमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको हो ।
मन्त्रालयले उक्त कार्यदलमा संयोजक डा. थपलियासहित सदस्यमा डा. पोमावती थापा र सदस्य सचिवमा मन्त्रालयका उपसचिव सानुबाबु अधिकारीलाई तोकेको छ । पुस ११ गतेको मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको कार्यदललाई ८ बुँदे कार्य जिम्मेवारी ( टिओआर) दिइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com