सीसीएमसीसीबाटै कोभिड-१९ फैलिएको आशंका


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको कोभिड-१९ संङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसीसी)को बैठकबाटै कोरोना भाइरस फैलिएको आशंका गरिएको छ ।

सीसीएमसीसीको संयोजक रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियालाई कोभिड-१९ को संक्रमण भएसँगै सिंहदरबारभित्र कोरोना भाइरसले आतंक मच्चाएको प्रधानमन्त्री कार्यालयमा चर्चा चल्न थालेको छ ।

थपलियासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अर्का सचिव शिशिरकुमार ढुंगाना हुँदै वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसम्मलाई कोरोनाले भेटेको छ ।

सीसीएमसीसीका संयोजक सचिव थपलियालाई नै कोरोना लागेपछि कोभिड-१९ संङ्कट व्यवस्थापन केन्द्र आफैं संकटमा परेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए । अहिले सचिव, सहसचिव हुँदै सिंहदरबारभित्र कर्मचारी वृत्तमा भुसको आगोझैं कोरोना फैलिसकेको हुन सक्ने ती अधिकारीको दाबी छ ।

गृह मन्त्रालयले सिंहदरबारभित्र प्रवेश गर्ने सम्पूर्ण पास तथा अस्थायी परिचयपत्र खारेज गर्नुको कारण नै सिंहदरबारमा कोरोना भयावह रुपमा फैलिएको आँकलन गरिएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार
ट्याग : ##CCMCC, ##CDO KTM, ##Covid 19, ##ram Prasad thapaliya, ##shishir k dhungana

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com