प्रधानमन्त्री देउवाको मानसिक स्वास्थ्यमा प्रश्न गर्ने सिईओ रेग्मी सुन तस्कर !


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमा प्रश्न गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृ  (सीईओ) धनन्जय रेग्मी सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

तोकिएको कोटा भन्दा बढी रक्सी जफत गर्दा मातेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीमाथि अभद्र व्यवहार गरेका रेग्मीले अवैध सुन ओसारपसार गरेको पाइएको हो ।

विमानस्थल भन्सार कार्यालयकाअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीनथान सुन ल्याएको र त्यसमध्ये ३० ग्राम सुन अवैध रहेको ठहर गर्दै जरिवाना समेत गरिएको छ ।

विमानस्थल भन्सार कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै सिईओ रेग्मी सुन चोरी पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो ।

पर्यटन बोर्डका सीईओ रेग्मीले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गर्दै १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना तोकिएको फैसलाको जानकारी पर्यटन मन्त्रालयलाई  गराएको छ ।

पर्यटन बोर्डका सिईओ रेग्मीले प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमाथि प्रश्न गर्दै सार्वजनिक पदमा बस्न उपयुक्त पात्र नरहेको देखाइसकेका थिए ।  पर्यटन बोर्डको बुद्धिष्ट सर्किट प्रमोसन कमिटीको जुम मिटिङमा पनि हुक्का तान्दै अशिष्ट र असभ्य ढंगले प्रस्तुत भएको आरोप लाग्दै आएको छ ।

मदिराले मातेर लठ्ठ भई विमानस्थल भन्सारका कर्मचारीमाथि अभद्र व्यवहार गरेका सिईओ रेग्मीको पछिल्लो सुन चारी पैठारीमा समेत कारबाही भएको खुल्न आएको छ । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले मदिरा काण्डमा सिईओ रेग्मीको बचाउँ गरेका थिए । उनले पर्यटनमन्त्री प्रेम आलेलाई अवैध रक्सी र काठ तस्करीको आरोप समेत लगाएका थिए ।

मन्त्री आलेले हात हतियार अवैध व्यापार गरेको आरोप लगाएका योगेशले सिईओ रेग्मीको सुन तस्करी काण्डमा भने  मुख खोलेका छैनन् ।

पर्यटन बोर्ड स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले छानबिन प्रक्रियामा रहेका सिईओ रेग्मीलाई जँड्या र साँढेको संज्ञा दिएका थिए । उनको त्यो टिप्पणीको सर्वत्र चर्चा हुँदै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com