स्वास्थ्यकर्मीलाई ५०% जाेखिम भत्ता


काठमाडौं  । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता दिने तयारी गरेको हो ।

यसअघि नै ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएकाले स्वास्थ्य मन्त्रालयले तीन महिनाका लागि आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसँग माग गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले नयाँ निर्णय गर्नु नपर्ने स्वास्थ्यसचिव डा. रोशन पोखरेलले बताए ।

तेस्रो लहरको सुरुवातमै धेरै स्वास्थ्यकर्मी कोरोनाको चपेटामा परेका छन् । तर, अघिल्ला लहरमा संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका सबै स्वास्थ्यकर्मीले घोषणा भएको जोखिम भत्तासमेत अझै पाएका छैनन् । उनीहरूमध्ये केहीको पहिलो लहरकै र धेरैको दोस्रो लहरमा खटिएको भत्ता नपाएको गुनासो छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com