वीपी प्रतिष्ठानको स्टिल कमिसन काण्डमा बिरामी साहले मुख खोले


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको हार्डजोर्नी विभागमा बिरामीको खुट्टामा इम्प्लान्ट (स्टिल) हाल्दा भएको लफडामा पीडित बिरामी ललितकुमार साहले मुख खोलेका छन् ।

वीपी प्रतिष्ठान हार्डजोर्नी विभागका चिकित्सकहरू कार्यरत चिकित्सकहरु रोशन कुमार शाहले  अमित विक्रम शाह, अमित लिम्बुलगायतले बिरामी साहको खुट्टामा इम्प्लान्ट हाल्ने विषया गरेको झगडाको विषयमा उनले मुख खोलेका हुन् ।

नेपाल मेडिकल काउन्सिलले यो विषयमा छानबिन सुरू गरिसकेका छ । काउन्सिलको टोली धरान पुगेर स्थलगत अध्ययन गरी फर्किसकेको छ । बिरामी ललितकुमार शाहको अपरेशनमा लापरबाही गर्दा ८ घण्टा बढी समय लागेर र चिकित्सकहरुबीच लफडा परेको विषयमा नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको थियो । बिरामीको खुट्टामा हालिसकेको इम्प्लान्ट (स्टिल) निकालेर कमिसनको चक्करमा अर्को इम्प्लान्ट हालेको विषयलाई लिएर काउन्सिलले विशेष अनुसन्धान गरेको हो ।

वीपी प्रतिष्ठान हार्डजोर्नी विभागका चिकित्सहरुबीच कमिसनको खेलमा सोलिड साइन नेल इम्प्लान्ट र होलो नेल इम्प्लान्ट (स्टिल) हाल्ने विषयमा झन्डै ८ घण्टा बिरामीमाथि यातना दिने काम भएको  पीडित बिरामी साहको  बयानबाट पनि खुलेको छ ।

हार्डजोर्नी विभागका कार्यरत चिकित्सक रोशन कुमार शाहले बिरामी साहको खुट्टामा हालिसकेको इम्प्लान्ट निकालेर चिकित्सक अमित विक्रम शाह, अमित लिम्बुलगायतले अर्को इम्प्लान्ट हालेको घटनाबाहिर आएपछि यो विषयले तरंग ल्याएको छ ।

यस्तो छ पीडित बिरामी साहको बयान

 

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #स्टिल काण्ड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com