स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाल्न आइपुगिन् देवकुमारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तथा जनसंख्या सचिवको जिम्मेवारी सम्हाल्न देवकुमारी गुरागाईं आइपुगेकी छिन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएर उनले सचिवको कार्यभार सम्हालेकी हुन् ।

गत माघ २४ गते नै गुरागाईंको स्वास्थ्य मन्त्रालयको प्रशासन तथा जनसंख्या सचिवको हैसियतमा सरुवा भएपनि १० दिनपछि मात्र उनी जिम्मेवारी सम्हाल्न आइपुगेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महत्त्वपूर्ण स्थान र काठोहरु एनएचएसएपीलगायतका एनजिओ/आईएनजिओले कब्जा गरेका कारण प्रशासनतर्फको सचिव गुरागाईंलाई बस्ने ठाउँ व्यवस्थापन गर्न कठिन भएको थियो । उनलाई फाजिलका कर्मचारी बस्ने गरेको बरण्डामा लगेर राखिएको छ ।

प्रशासन हेर्नेगरी स्वास्थ्यमा आएकी सचिव गुरागाईं एनजिओ/आईएनजिओलाई मन्त्रालयमा रजाइँ गर्न दिएर आफू बरण्डामा बसिरहन्छिन् कि ती संस्थालाई बाहिर व्यवस्थापन गरेर आफ्ने व्यवस्थापनमा  गर्नतर्फ लाग्ने छिन् हेर्न बाँकी छ ।

यसअघि प्रशासनतर्फका सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बस्न थालेका थिए । खगेन्द्र नेपाल र यामकुमारी खतिवडा प्रधानमन्त्री कार्यालयमै बसेर जनसंख्या सचिवको हैसियतमा काम गर्दै आएका थिए । तर देवकुमारी प्रशासनको समेत थप जिम्मेवारी लिएर स्वास्थ्य मन्त्रालयमै आएकी हुन् ।

स्वास्थ्य सचिव डा. पोखरेलले स्वागत गरे

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरुवा भएर आएकी नयाँ सचिव गुरागाईंलाई स्वागत गर्दै आफूहरू सबै खसी रहेको प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्यमा सधै दुई सचिवकाे विवाद हुने कुरा आउने गरेकोमा आफूले त्यस्ताे नचाहेको सचिव पोखरेलको भनाई छ ।  ‘हामी मिलेर काम गर्छौ, स्वास्थ्य सेवालाई मिलेर अगाडि बढाउछाैं’, उनले भने । काेराेना परास्त गर्न स्वास्थ्यकर्मीले तदारुकता साथ लागिपरेको स्वास्थ्य सचिव पोखरेलले बताए ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com