स्वास्थ्य मन्त्रालय आईएनजिओले कब्जा गर्दा सचिवको ‘बेहाल’

प्रशासनतर्फकी सचिव गुरागाईंलाई फाजिलका कर्मचारी बस्ने ठाउँमा राख्ने तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तथा जनसंख्या हेर्नेगरी सरुवा भएर आएकी सचिव देवकुमारी गुरागाईंलाई राख्ने ठाउँ व्यवस्थापन गर्न हम्मे परेको छ ।

स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण स्थान(कोठा) स्वास्थ्य क्षेत्रका आईएनजिओ माफियाहरुको संस्था एनएचएसएसपीले कब्जा गर्दा नयाँ सचिव गुरागाईंको बेहाल हुने भएको हो ।

आईएनजीओ माफियालाई ‘ज्वाईं’ जस्तो व्यवस्थापन गरेर मन्त्रालयको प्रशासन हेर्ने सचिवलाई  फाजिलमा रहेका कर्मचारी बस्दै आएको ठाउँमा राख्ने तयारी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अटेरी गरेका स्वास्थ्यका आईएनजिओ एजेन्ट कर्मचारीले सिंगो प्रशासन हेर्ने जिम्मेवारी लिएर आएकी सचिव गुरागाईंलाई फाजिलमा बस्ने कर्मचारीहरुको ठाउँमा लगेर राख्ने तयारी गर्नुले उनीहरुको भूमिकामाथि नै प्रश्न उठेको छ ।

स्वास्थ्य मन्त्रालयमा गत माघ २४ गते नै  सचिव गुरागाईंको सरुवा भएपनि आईएनजिओले चलाएको स्वास्थ्य मन्त्रालयले बस्ने ठाउँ व्यवस्थापन नगर्दा उनको बहाल भएको हो । गुरागाईंसँगै सरुवा भएका अन्य सचिव खटाएको ठाउँमा गएर काम गर्न थालिसकेका छन् । उनी भने स्वास्थ्य मन्त्रालयको प्रशासन हेर्ने अधिकारसहित आएपनि फाजिलको स्थानमा बस्नुपर्ने अवस्था आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एनजिओ/आईएनजिओको अखडा बन्दा प्रशासनतर्फकी सचिव अपमानित हुनुपर्ने भएको हो । यतिसम्म हुँदापनि सिंहदरबार र टंगाल यो विषयलाई अनदेखा गरेर बसेका छन् ।

क्याटेगोरी : सुशासन
ट्याग : ## सचिव, #एनएचएसएसपी, #एनजिओ/ आइएनजिओ, #देवकुमारी गुरागाइँ, #फाजिल, #बस्ने स्थान कब्जा, #माफिपा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com