मन्त्रिपरिषद् बैठकको पर्खाइमा श्रमिक अस्पताल


काठमाडौं ।  श्रमिक अस्पताल बनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकको पर्खाइमा बसेको श्रमिक अस्पताल आजै अगाडि बढ्ने सम्भावना रहेको छ । श्रमिक अस्पताल बनाउने श्रम मन्त्रालयको प्रस्ताव स्वीकृत भएसँगै अस्पताल निर्माणको लागि ढोका खुला हुने छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव एकनारायण अर्यालको सक्रियतामा श्रमिकहरुलाई सस्तो, सुलभ र गुणस्तरीय उपचारका लागि श्रमिक अस्पताल खाका तयार पारिएको हो । सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा समिति नै बनाएर सम्भाव्यता अध्ययनलगायतका आवश्यक प्रक्रिया पूरा गरी श्रमिक अस्पताल निर्माणको प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको हो ।

पछिल्लो समय मन्त्रालयपिच्छे छुट्टै विशिष्कृत अस्पताल बनाउने होडबाजी नै चलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल बनाउने प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृति लिएपछि श्रम मन्त्रालयले पनि श्रमिक अस्पताल बनाउने प्रस्ताव तीव्र गतिमा अघि बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टै विशिष्टकृत जेष्ठ नागरिक अस्पताल बनाउने तयारी थालेको छ । अन्य मन्त्रालयको पनि अस्पताल निर्माणमा चासो देखिन्छ । श्रमिक अस्पताल बनाउने प्रस्ताव भने मन्त्रिपरिषद बैठकको पर्खाइमा देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #श्रम मन्त्रालय, #श्रम सचिव एकनारायण अर्याल, #श्रमिक अस्पताल, #सहसचिव शेषनारायण पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com