वीर अस्पतालको इमर्जेन्सी ‘डिस्टर्ब’ हुने गरी पार्किङ बनाउने काठमाडौंका मेयर मिडियाको हेडलाइनसँग तर्सिए


काठमाडौं । मुलुककै जेष्ठ अस्पताल वीरको इमर्जेन्सी अगाडिको बाटो पार्किङका लागि निजी कम्पनीलाई भाडामा लगाउने काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य मिडियाका हेडलाइनसँग तर्सिन थालेका छन् ।

वीर अस्पतालको इमर्जेन्सीमा ‘डिस्टर्ब’हुने गरी पार्किङ बनाएर आर्थिक लाभका लागि भाडामा लगाउने मेयर शाक्य पछिल्लो समय मिडियाको हेडलाइनदेखि तर्सिन थालेका हुन् ।काठमाडौंमा आफूले राम्रै काम गरेको तर मिडियाको हेडलाइनले बिगारेको मेयर शाक्यको सार्वजनिक अभिव्यक्ति छ ।

सडक निजी कम्पनीलाई भाडामा लगाएर वीर अस्पतालको इमर्जेन्सीमा भर्ना हुन आउने बिरामीलाई सास्ती दिँदै आएका मेयर फेरि काठमाडौं महानगरको मेयरमा उठ्ने कसरतमा छन् । वीर अस्पताल प्रशासनले पटक-पटक पार्किङ हटाएर सेवामा सहज पारिदिन आग्रह गर्दा पनि उनी अटेरी गर्दै आएका छन् । मेयर शाक्यसँगको मिलेमतोमा एउटा गिरोहले वीर अस्पतालको इमर्जेन्सीमा एम्बुलेन्स नै प्रवेश गर्न नसक्ने गरी सडकमा पार्किङ बनाएर भाडा खाइरहेको छ ।

अस्पताल अगाडि पार्किङस्थल बनाएर भाडामा लगाउन नमिल्ने सामान्य ‘चेत’ समेत नभएका शाक्य स्थानीय तहको चुनाव नजिकिदै जाँदा मिडियाको हेडलाइनसँग तर्सिन थालेको देखिन्छ । उनले वीर अस्पताल अगाडिको बाटो भाडामा लगाएर अक्षम्य ‘अपराध’ गरेका छन् । फेरि उनै शाक्य मेयरमा दोहोरिने कसरतमा लागेका छन् ।

ललितपुर महानगरपलिकाले सडकलाई पार्किङको रुपमा भाडामा लगाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा रद्ध गरिएको थियो । तर काठमाडौंका मेयर शाक्यलाई भने वीर अस्पतालमाथि  नै अवरोध खडा हुने गरी सडकमा पार्किङ गर्न भाडामा दिँदा कुनै कारबाही भएको देखिँदैन ।

क्याटेगोरी : जीवनशैली, विचार
ट्याग : ## वीर अस्पताल, #इमर्जेन्सी, #काठमाडौं महानगरपालिका, #पार्किङ भाडामा, #मेयर विद्यासुन्दर शाक्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com