किर्ते प्राध्यापक उपकुलपति सक्रिय भएपछि घोपा बचाउ अभियान सुरु


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरी सक्रिय हुन थालेपछि घोपा बचाउ अभियान सुरु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् घोपा क्याम्पका रुपले चिने उक्त संस्था दिनप्रतिदिन धराशायी बन्दै गएको छ । भ्रष्टचारको आहालमा चुम्लुम्म डुबेका वीपी प्रतिष्ठानका पदाधिकारी अदालतको आडमा पुन: सक्रिय हुन थालेपछि जनस्तरबाटै घोपा बचाउ अभियान सुरु भएको हो ।

वीपीका किर्ते प्राध्यापक उपकुलपति डा. गिरीसहितका पदाधिकारी बर्खास्त गर्न आह्वान गरिएको सिनेट सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशमार्फत रोकिएको छ । उक्त आदेशको विषयमा भोलि छलफल हुने भएको छ । तर त्यहीँ आदेशलाई देखाएर किर्ते प्राध्यापक उपकुलपति गिरी र अस्पताल निर्देशक गौरी शंकर शाहको दादागिरी सुरु भएको छ ।

धरानलाई उकास्ने वीपी प्रतिष्ठानलाई तहसनहस बनाउँने हालका पदाधिकारीलाई पटकपटक अदालतले संरक्षण गर्दा छोपा क्याम्प डुब्ने खतरामा पुगेको छ । अझ अच्चमको कुरा त न्यायालय शुद्धीकरण अभियानमा संलग्न रहेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरूद्धमा उभिएका अधिवक्ता टिकाराम भट्टराईनै किर्ते प्राध्यापक उपकुलपति गिरीलाई बोकेर हिँडेका छन् । चोलेन्द्रले गर्दा न्यायालय डुबेको देख्ने अधिवक्ता भट्टराई ज्ञानेन्द्रले गर्दा वीपी डुबेको नदेख्न अच्चमको कुरा भएको वकील वृत्तमा चर्चा छ । हिजो न्यायालय बिगार्ने चोलेन्द्रलाई बोकेर हिँड्ने वकील र आज वीपी बिगार्ने ज्ञानेन्द्रलाई बोकेर हिँड्ने वकील एउटै भएको टिप्पणी हुन थालेको  छ ।

यता वीपी प्रतिष्ठान डुब्न लागेपछि माझी बनेर धरानबासीहरु सडकमा उत्रिएका छन् ।

तिम्रो भन्दाबढी भरोसा त गाउँको धामी बाजेको लाग्न थाल्यो भन्दै वीपी प्रतिष्ठान अर्थात् घोपा क्याम्प बचाउन स्थानीयहरु दैनिक रुपमा सडकमा आउन थालेका हुन् । धरानबासीहरू हरेकदिन ४ बजे प्ले कार्ड र ब्यानरसहित वीपी प्रतिष्ठानको मुल गेटमा आएर धर्ना दिन थालेका छन् ।

धरानबासीले अस्पतालमा औषधि राख सरकार भ्रष्टाचारी होइन भन्दै दिनप्रतिदिन खबरदारी सुरू गरेका छन् । घोपा क्याम्प बचाउमा उत्रिएका स्थानीय युवाहरूले कति गर्छौं घोटाला ए  वीपीका गोठाला भन्दै प्ले कार्ड बोकेर सडकमा धर्ना दिन थालेका छन् । हिजो न्यायालय शुद्धीकरणको आन्दोलनमा लागेका टिकाराम भट्टराईहरू भन्दा धरानबासीहरुको आन्दोलनमा कुनै भिन्नता छैन । तर उनी वीपी डुबाउने किर्ते प्राध्यापकलाई काँधमा बोकेर हिँडेका छन् ।

हरेक दिन दिनको ठिक ४ बजे वीपी प्रतिष्ठानको डेन्टल गेट अगाडि आएर घोपा बचाउका लागि खबरदारी गर्ने कार्यक्रम जारी छ ।

प्ले कार्ड र ब्यानर बोकेका मानिसहरू प्रत्येक दिन इमर्जेन्सीमा बेड, व्हिल चेयर छैन ।  शौचालयमा ढोका, युरिनल छैन ।  सिटी स्क्यान, एम आर आई प्राय बिग्रेकै हुन्छ । बिरामी कुरुवा बस्ने कुर्सी छैन । अलिक साह्रो बिराम पर्दा बिराटनगर जानु बाध्य हुनुपर्छ । डाक्टरलाई जचाउनभन्दा नाम लेखाउन २ घण्टा लाइन बस्नुपर्छ । यी सब बेथितिविरुद्ध तपाईं मौन किन भन्दै प्रश्न गर्न  थालेका छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #घोपा बचाउ अभियान, #डा. गौरी शंकर शाह, #धराशायी, #सर्वोच्च अदालत, #सिनेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com