एनएचआरसी र स्वास्थ्य मन्त्रालयबीच द्वन्द्व, अपमान गरेपछि मन्त्रीद्वारा कार्यक्रम बहिस्कार


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच द्वन्द्व सुरु भएको छ ।  एनएचआरसीका सदस्य-सचिव डा. प्रदीप ज्ञवालीले अपमान गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एनएचआरसीको कार्यक्रम बहिस्कार गरेका छन् ।

एनएचआरसीले आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनको स्वास्थ्यमन्त्री विरोध खतिवडाले उद्‌घाटन गर्ने कार्यक्रम रहेपनि उनले बहिस्कार गरेर राज्यमन्त्री भवानी प्रसाद खापुङलाई पठाएका छन् ।

एनएचआरसीका एक अधिकारीका अनुसार स्वास्थ्यमन्त्री खतिवडा र स्वास्थ्यका सचिवद्वय देवकुमारी गुरागाईं र डा. रोशन पोखरेल वैज्ञानिक सम्मेलन उद्‌घाटन समारोहमा अनुपस्थित रहेका छन् । आज, भोलि र पर्सीसम्म चल्ने वैज्ञानिकहरुको सम्मेलनको उद्‌घाटन समारोह स्वास्थ्यमन्त्री खतिवडा र सचिवद्वयले बहिस्कार गरेपछि कार्यक्रमनै खल्लो भएको ती अधिकारीले टिप्पणी गरे ।

स्वास्थ्य मन्त्रालयबाट चालू आर्थिक वर्षमा २१ करोड ११ लाख रुपैयाँ पैसा लगेर रजाइँ गरिरहेका एनएचआरसीका सदस्य-सचिव ज्ञवालीलगायत पदाधिकारीनै स्वास्थ्य मन्त्रालयलाई हेप्न र अपमान गर्न थालेपछि दुई निकायबीच सितयद्ध सुरु भएको एनएचआरसीकै कर्मचारी बताउँछन् ।

ज्ञवालीको मैमत्त कार्यशैलीका कारण पनि एनएचआरसी र मन्त्रालयबीच समस्या देखिएको चर्चा सुरु भएको छ । ज्ञवालीका पछिल्लो गतिविधिमाथि छानबिन गरेर कारबाही गर्नु पर्ने आवाज समेत उठ्न थालेको छ । मन्त्रीलाई बोलाएर कार्यक्रम उद्‌घाटन गर्ने भनेर प्रचार गरेका सदस्य-सचिव ज्ञवाली लगायतका पदाधिकारी मन्त्रीनै कार्यक्रम बहिस्कार गरेपछि पदममा बसिरहने नैतिक हैसियत गुमाएका छन् ।

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धन: नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका गर्न लागिएको उक्त सम्मेलन ज्ञवालीका कारण अदृढ बनेको छ ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा
ट्याग : ## स्वास्थ्य सचिव, #नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, #सदस्य सचिव प्रदीप ज्ञवाली, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य मन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com