वीपी प्रतिष्ठान बचाउन निरन्तर आन्दोलन 


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन निरन्तर आन्दोलन चलिरहेको छ ।

वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारी हटाएर प्रतिष्ठान बचाउनु पर्नेमा धरानवासीहरू जागेका छन् । उनीहरू घोपा बचाउ अभियानमार्फत निरन्तर आन्दोलनमा होमिएका हुन् ।

वीपी प्रतिष्ठान बचाउने अभियानमा धरानवासीहरुले दुईहप्ता बढी समयदेखि सडक आन्दोलन जारी राखेपनि सरकार बेखबर छ । सिनेट बैठक सर्वोच्च अदालतको अल्पकालीन अन्तरिक आदेशका कारण रोकिएपछि अनियमिततामा मुछिएका पदाधिकारी हटाउने विषयमा सरकार अन्यौलमा परेको छ ।

वीपी प्रतिष्ठानको नकरात्मक छबि बन्दै गएपछि धरानकै बदनाम हुने देखेपछि धरानवासीहरु सडकमा उत्रिएका हुन् । कुनै समय ‘डेथ सिटी’ बनिसकेको धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै कारण पुनर्जन्म लिएको थियो । त्यही धरान फेरि वीपी प्रतिष्ठानकै कारण बदनामी हुने अवस्थामा पुगेपछि आन्दोलनमा होमिनु परेको घोपा बचाउ अभियानका अभियानका अभियन्ताहरू भनाइ छ । वीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारी नहटाए घोपा नबाच्ने भन्दै उनीहरु प्रतिष्ठानका पदाधिकारी नहटेसम्म आन्दोलन जारी रहने बताउँछन् ।

यता चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले  वीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गनुपर्ने माग राखेका छन् । यो लगायतका माग पूरा नगरे फेरि सत्याग्रह सुरू गर्ने उनको चेतावनी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #छोपा बचाउ अभियान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com