कागेश्वरीका मेयर उमेद्वार उपेन्द्र भन्छन्, ‘स्वास्थ्य, शिक्षा, खानेपानीमा आमुल परिवर्तन ल्याउछु’,


काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयरका उम्मेदवार उपेन्द्र कार्की कागेश्वरीमा स्वास्थ्य, शिक्षा, खानेपानीमा आमुल परिवर्तन ल्याउने दावी गर्छन् । स्वास्थ्य शिक्षा र खानेपानीलाई प्राथमिकतमा राखेर कागेश्वरीको नेतृत्वमा पुग्ने प्रयासमा रहेका कार्कीले स्वास्थ्य लाइभसँग आफ्नो उम्मेदवारीको औचित्य प्रस्ट पार्न खोजेका छन् ।

स्थानीय सरकारले जनताको सहभागितामा आफ्नो प्राप्त स्रोत साधनको समुचित प्रयोग गरेर जीवन स्तर उकास्नेगरी स्वास्थ्य, शिक्षा, पुर्वाधार विकास लगायत समाजिक रुपान्तरण र आर्थिक समृद्धिका क्षेत्रमा काम गर्नुपर्नेहो नगरपालिका यसमा कही बरालिएको जस्तो देखिन्छ ।  कागेश्वरी मनोहरा नगरपालिका सुशासनका दृष्टिले विकास निर्माणमा योजनाहरुलाई सही ढंगले प्राथमिकताको दृष्टिले र नेतृत्वले गरेका कामहरु असफल देखिएको छ । पाँच वर्षमा जुन गतिमा काम कारबाही अगाडी बढ्नुपर्ने थियो त्यो हुन सकेन ।  हामीले विगत पाँच वर्ष नगरपालिकाले गरेका कामहरुलाई मूल्यांकन गर्दै गर्दा सुशासनयुक्त, सबल र सक्षम स्थानीय सरकार संचालन हाम्रो पहिलो प्राथमिकता हो । नगरभित्र व्यवस्थित बस्ती बिस्तार हाम्रो अभियान हो । अव्यवस्थित बस्ततीको विकास हुुँदै गएको छ । त्यसैले नमूना बस्ती बिस्तार हाम्रो अर्को प्राथमिकता हो ।

खानेपानीको समस्या सबै जसो वडाहरुमा ठूलो समस्याका रुपमा देखा परेको । जनताको प्रत्यक्ष सरोकार रहेको विषयमा विगतको नेतृत्वले गम्भीरता साथ लिन सकेन । पाँच वर्षभित्रमा हामी वृहत्त खानेपानी योजना संचालन गरेर घर घरमा खानेपानी पु¥याउने छौं ।

यो नगरलाई खेलकुद हवका रुपमा समेत विकास गर्ने छौं । शिक्षा क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिकाले लगाएको लगानी अत्यन्तै न्यून रहेको छ । जति लगानी भएको छ त्यसको प्रतिफल पनि शुन्य छ । शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण व्यापारको हिसाबमा हुनु हुँदैन ।

सामुदायिक क्षेत्रमा हुने राजनीतिक चलखेलले शिक्षा क्षेत्र अस्तब्यस्त भएको छ । त्यसैले शिक्षा क्षेत्रमा भएको गलत नीतिलाई सुधार गरेर अगाडी बढ्ने प्रण लिएका छौं । सामुदायिक र संस्थागत दुवै विद्यालयको गुणस्तर बृद्धिका लागि ठोस कार्ययोजना ल्याउने छौं । यसका लागि शिक्षामा हाल भएको लगानीलाई दोब्बर बनाउनु पर्ने छ, त्यो हाम्रो नेतृत्वमा हुने छ ।

गरिब र जेहेन्दार विद्यार्थीका लागि आवश्यकता र औचित्य हेरेर हरेक संस्थामा एक जनालाई उच्च शिक्षा हासिल गर्नका लागि वार्षिक रुपमा छात्रावृत्ति दिने छौं । जेष्ठ नागरिक र बालबालिकालाई घर घरमै गएर स्वास्थ्य सेवा दिने छौं । बालबालिका स्वास्थ्य भएको खण्डमा देश नै स्वस्थ्य हुन्छ त्यसैले पहिलो प्रार्थमिकता बालबालिका जोगाउँनु हुने छ ।

विद्यालयमा भएका विद्यार्थीहरुलाई सोही स्थानमा स्वास्थ्य सेवा दिन व्यवस्था मिलाउने छौं । यसका लागि स्कुल नर्स अनिवार्य छ । हरेक विद्यालयमा एक नर्सको परिकल्पना रहेको छ । यो राज्यको नीति समेत हो । स्वास्थ्य क्षेत्रमा भइरहेको अस्पतालको स्तरोन्नती र सेवा बिस्तारमा समेत हाम्रो ध्यान रहेको छ । स्वास्थ्य क्षेत्रमा भएको लगानी समेत बढाउनु पर्ने देखिएको छ । सहरी स्वास्थ्य क्लिनिकले खासै प्रभावकारी काम गर्न सकेको जस्तो लाग्दैन । बालबालिकाका लागि पौष्टिक तत्व, सुत्केरीका लागि पौष्टिक आहार र जेष्ठ नागरिकको पौष्टिक आहारको निशुल्क बितरणको थालनी पनि चाँडै गर्ने छौं ।

क्याटेगोरी : प्रदेश, विचार
ट्याग : #उपेन्द्र कार्की, #कागेश्वरी मनोहरा, #मेयर पदका उम्मेदवार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com