वृहत्त स्वास्थ्य शिविर आयोजाना गर्ने कैलाश आले फेरि भोजपुरको मेयर बने


काठमाडौं । भोजपुर वृहत्त निःशुल्क स्वास्थ्य शिविर आयोजाना गरी सफलापूर्वक सम्पन्न गर्ने कैलाश कुमार आले मगर फेरि भोजपुर नगरपालिकाको मेयर बनेका छन् । नेकपा एमाले भरतकुमार तामाङलाई ५ सय १५ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार आले भोजपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको नेतृत्वमा भोजपुर जिल्लामा देशभरकै ख्याति प्राप्त चिकित्सकहरूको उपस्थितिमा वृहत्त स्वास्थ्य शिविर सञ्चालन गर्दा त्यसको व्यवस्थापन गरेका थिए । ३ हजार बढी भोजपुरे जनता उक्त स्वास्थ्य शिविरबाट लाभान्वित भएका थिए । उनै आलेलाई भोजपुरे जनताले फेरि मेयर चुनेका छन् ।

अघिल्लोपटक एमालेका गणेशकुमार श्रेष्ठलाई ३६ मतले पराजित गर्दै भोजपुर नगरपालिकाको मेयर बनेका आले यसपटक भने धेरै मत ल्याएर विजयी भएका हुन् । उपमेयरममा भने एमालेकी निर्मला शेर्पा निर्वाचित भएकी छिन् ।

कांग्रेसले भोजपुरमा भोजपुर नगरपालिकासहित अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाको नेतृत्व लिन सफल भएको छ । अरुण गाउँपालिकाको अध्यक्षमा याङपाङका शालिकराम खत्री निर्वाचित भए भने टेम्केमैयुङमा सरोज बस्नेत अध्यक्ष बनेका छन् । षडानन्द नगरपालिकामा भने कांग्रेसका वीरबल राईलाई हराउँदै एमालेका सुरेन्द्र कुमार उदास मेयरमा निर्वाचित भएका हुन् । यो नगरपालिका कांग्रेसले गुमाएको छ । साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसका महेश राईबाट खोसेर स्वतन्त्र उम्मेदवार दौलथ राईले लगेका छन् ।

हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई र पौवादुङमा गाउँपालिकाको अध्यक्षमा पनि एमालेका किरण राई निर्वाचित भएका छन् ।

१ नम्बर प्रदेशको पूर्व मुख्यमन्त्री शेरधन राईको गृहपालिका आमचोकमा माओवादी केन्द्रका अशोक राई विजयी भएका छन् । रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकै थामबहादुर राई निर्वाचित भएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com