दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईको दाबी


काठमाडौं । झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले दुबईमा मेडिकल कलेज खोल्ने दाबी गरेका छन् ।

वार्षिक ५ सय डाक्टर र २५ सय नर्स पढाउने गरी दुबईमा मेडिकल कलेज खुल्ने उनको दाबी छ । दुबईका राजकुमार शेख मोहम्मद मक्तोउमसँगको सहकार्यमा दुबईमा मेडिकल कलेज खोल्न लागिएको प्रसाईको भनाइ छ ।

प्रसाईले सञ्चालन गरेको पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको उद्‌घाटन गर्न आएका राजमुकार शेखसँग मिलेर प्रसाईले दुबईमा मेडिकल कलेज खोल्ने समझदारी भएको दाबी गरिएको हो ।

बिएण्डसी मेडिकल कलेज अवलोकन गर्न आएका दुबईका राजकुमार शेखले प्रसाईलाई उपहार दिएको ‘सुनको लौरो’ चौतर्फी चर्चामा छ । भन्सार कार्यालयले उक्त लौरो रेकर्डमा नरहेको जनाएको छ । भन्सार छलेर ‘सुनको लौरो’ भित्र्याएको भन्दै राजकुमार र प्रसाईको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com