चन्दा नमाग्ने भन्ने रवि लामिछानेले स्वास्थ्य मन्त्रालयसँग ५ करोड मागेका थिए


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खोल्दै पूर्व सञ्चारकर्मी रवि लामिछानेले पार्टी चलाउन व्यापारीसँग चन्दा नलिने घोषणा गरेका छन् ।

राष्ट्रिय सभा गृहमा नयाँ पार्टी खोल्ने घोषणा गर्दै लामिछानेले पार्टी चलाउन व्यापारीसँग चन्दा नमाग्ने घोषणा गरेका हुन् । तर विगतमा पनि चन्दा नमाग्ने भन्ने रवि लामिछानेले स्वास्थ्य मन्त्रालयसँग ५ करोड चन्दा मागेको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

लामिछानेले कालिकोटस्थित रास्कोट अस्पताल बनाउन पैसा कसैसँग नमाग्ने तर दिएको भने लिने घोषणा गरेका थिए । तर उनले आफ्नो प्रतिबद्धतावपरीत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग ५ करोड चन्दा मागेको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको थियो ।

नयाँ पार्टी खोलेका लामिछानेले यसअघि पनि चन्दा नमाग्ने भनेर चन्दा मागेको पाइएकाले पार्टीका लागि व्यापारीसँग चन्दा नमाग्ने उनको घोषणा विश्वास गर्ने आधार देखिँदैन । लामिछानेको विगतमा पनि चन्दा नलिने भनाइ र गराइ फरक पाइएकाले यसमा विश्वास गर्न सकिने आधार नदेखिएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #चन्दा, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी, #रास्कोट अस्पताल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com