स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञमा दण्डित हुनुपर्नेलाई पुरस्कृत गर्दै सरकार


काठमाडौं । सरकारले  स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञमा दण्डित हुनुपर्नेलाई पुरस्कृत गर्न खोजेको छ ।

गलत विवरण पेश गरेर स्वास्थ्य सेवाको एघारौं तहमा जागिर खाएको आरोप लागेकी डा. संगिता कौशल मिश्रालाई प्रमुख विशेषज्ञमा बढुवा गरेर सरकारले पुरस्कृत गर्न लागेको हो । स्वास्थ्य सेवा बढुवा समितिको आज बसेको बैठकले डा. मिश्रा र टंकप्रसाद बारकोटीको नाम प्रमुख विशेषज्ञमा बढुवाका लागि सिफारिस गरेको छ । आज बस्ने मन्त्रीपरिषद्को बैठकले दुई नम्बरमा सिफारिस भएकी डा. मिश्रालाई बढुवा गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दियो ।

लोकसेवा आयोगका पदाधिकारी, मुख्यसचिव, विषय विशेषज्ञ र स्वास्थ्य सचिव सम्मिलित बैठकले एघारौं तहमा गलत विवरण बझाएर जागिर खाएको आरोप लागेकी डा. मिश्रा र बाराकोटीलाई बढुवाका लागि सिफारिस गरेको हो । उनले ७ वर्ष काम गरेको योग्यताको अनुभव देखाउन अमेरिकामा उच्च शिक्षा अध्ययन गरिरहेको समयमा विराटनगरस्थित नोबेल अस्पतालमा काम गरेको कागजात पेश गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

गलत कागजात पेश गरेर लाभको पदमा पुगेकी मिश्रालाई दण्डित गर्नुपर्नेमा प्रमुख विशेषज्ञमा पुरस्कृत गर्न खोजेको भन्दै सरकारको आलोचना सुरु भएको छ । बढुवा समितिको गल्तीलाई मन्त्रिपरिषद्ले नसच्याउने हो भने सरकारनै विवादमा पर्ने देखिन्छ । बढुवा समिति जस्तै सरकार पनि गलत कामले विवादमा परेका त्यसले आगामी संघ र प्रदेशको चुनावमा समेत असर पर्ने कांग्रेसका नेताहरू बताउँछन् ।

सम्बन्धित समाचार

‘गलत विवरण बुझाएर जागिर खाने संगितामाथि अख्तियारले एक्सन लिन सक्छ’,

डा. संगिता कौशल मिश्रामाथि ‘किर्ते’ डकुमेन्ट पेश गरेर जागिर खाएको आरोप

लोकसेवाले भन्यो, ‘अदालत र अख्तियारबाट निर्देशन आए डा. संगिताको फायल खोल्छौं’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com