लोकसेवाले भन्यो, ‘अदालत र अख्तियारबाट निर्देशन आए डा. संगिताको फायल खोल्छौं’,


काठमाडौं ।  स्वास्थ्य सेवाको एघारौं तहमा खुला प्रतिस्पर्धामार्फत सरकारी सेवामा प्रवेश गरेकी डा. संगिता कौशल मिश्राको नियुक्ति फायल खोल्ने विषयमा लोकसेवा आयोगले संकेत गरेको छ । बि.स २०७० सालमा खुला प्रतिस्पर्धामार्फत एघारौं तहमा प्रवेश गर्दा डा. मिश्राले काम गरेको अनुभवको प्रमाण ‘किर्ते’ पेश गरेको आरोप छ ।

तत्कालीन प्रसूति गृहकी चिकित्सक डा. मिरा उपाध्याय र डा. मिश्राले खुलाबाट एघारौं तहका लागि प्रतिस्पर्धा गरेका थिए । डा. मिश्रामाथि एक वर्ष समय बढाएर खुलामा एघारौं भएको आरोप मात्र हैन उनीविरुद्ध पीडित उपाध्यायले लोकसेवामा उजुरी दिँदा तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्राले असहयोग गरेर महिनौं फायल मन्त्रालयमै रोकेको पीडितको भनाई छ । डा मिश्रा अंगिकृत नागरिकता पाएकी व्यक्ति समेत हुन् ।

खुला प्रतिस्पर्धामार्फत स्वास्थ्य सेवा–अब्ट्रेटिक तथा गाइनोकोलोजीमा २०७० असोज १० गतेबाट सेवा प्रवेश गरेकी मिश्राले सेवा प्रवाहको डकुमेन्ट ‘किर्ते’ गरेको विषय पुनः उठेपछि लोकसेवाले सिल खोल्न सक्ने बताएको छ । लोकसेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीले आवश्यक निर्देशन भएको खण्डमा आयोगले डा. मिश्राको नियुक्ति फायल पुन: खोल्ने बताए । ‘हामीलाई कुनै उजुरी नपरेका कारण उहाँको नियुक्ति भएको हो’, प्रवक्ता सुवेदीले भने, ‘यदी सेवा अवधि नपुगेको विषयमा छानबिन गर्न निर्देशन भएको खण्डमा हामी फायल खोल्नेछौं ।’

उनले अघि थपे,’लोकसेवा आफैंले सबै प्रक्रिया पूरा गरेर नियुक्ति गरेका कारण अब आफैंले त्यस बेलाको फायल खोल्ने छैन । तर, सर्वोच्च वा अख्तियारबाट काम गरेको समय अवधिकाबारेमा शंका भएकाले फायल खोल्न निर्देशन भए हामी खोल्ने छौं ।’,

पीडितका अनुसार डा. संगिताको सरकारी सेवामा भिड्दा एमबीबीएस गरेको सात वर्ष पुगेपनि सेवा अवधिको हिसाबले ६ वर्ष मात्रै पुगेको थियो । तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्राको अनुरोधमा नोबेल मेडिकल कलेजले काम नगर्दाको समेत काम गरेको भन्दै डकुमेन्ट दिएको थियो । यस विषयमा स्वास्थ्य लाइभले नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई सेवा अवधिको विवरण उपलब्ध गराउँन आग्रह गरेको थियो । तर, शर्माले कसैको भविष्य बिगार्न आफूले नचाहने भन्दै दिन मानेनन् ।

 

एघारौं तहमा खुला प्रतिस्पर्धा गर्न सात वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान रहेको छ । डा मिश्रा एमपिएच गर्न १ वर्ष अमेरिका गएकी थिइन् । सन् २००८ मा उनले अमेरिकाले दिने पूर्ण छात्रवृत्तिमा अमेरिका गएकी थिइन् । त्यो समयलाई पनि मिश्राले विराटनगरको नोबेल अस्पतालमा काम गरिरहेको देखाइछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ (बाह्रौं तह)का लागि हालै तीनजनाको नाम सिफारिस गर्ने तयारी थालेको छ । स्रोतले बताए अनुसार एक जना प्रमुख विशेषज्ञका लागि मेची अस्पतालका डा. टंक बाराकोटी, स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रा र डा. विकास देवकोटाको नाम सिफारिस गर्न लागेको हो । यस अगाडि नै सूची बनाए पनि बाराकोटी र संगिताको विषयमा विवाद छ । स्वास्थ्य सचिव देवकुमारी गुरागाइले अझै केही दिन लाग्ने बताईन् । ‘डकुमेन्टहरु हेर्नुपर्ने देखिएकाले समय लाग्ने भएको हो’, उनले भनिन् ।

पीडितको भनाइ उनकै शब्दमा

खुला प्रतिस्पर्धाबाट एघारौं तहका लागि ०७० सालमा विज्ञापन खुलेको थियो । एघारौं तहमा प्रतिस्पर्धाका लागि सात वर्ष काम गरेको अनुभव चाहिन्छ । तर, डा. संगिता मिश्राको एक वर्ष समय पुगेकै थिएन । उनको त्यस बेला एमबीबीएस गरेपछिको सात वर्ष पुगेको थियो । तर पास भएको वर्ष मात्रै पुगेर हुँदैन ।

एघारौं तहमा खुला प्रतिस्पर्धा गर्न सात वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान रहेको छ । डा मिश्रा एमपिएच गर्न १ वर्ष अमेरिका गएकी थिइन् । सन् २००८ मा उनले अमेरिकाले दिने पूर्ण छात्रवृत्तिमा अमेरिका गएकी थिइन् । त्यो समयलाई पनि मिश्राले विराटनगरको नोबेल अस्पतालमा काम गरिरहेको देखाइछन् ।

हामीले सहज रुपमा कागज पत्र माग्दा नपाए पछि विशेष सुराकी लगाएर हाजिरी र कागजपत्र हातमा लियौं । उनले काम छोडेरै अमेरिका गएको अस्पतालको रेकर्डले देखायो । तर, उनले कागजमा भने नोबेलमा काम गरिरहेको भनेर देखाएको छ । यसको सेटिङ्मा तत्कालीन स्वास्थ्य सचिव प्रविण मिश्रको हात रहेको छ । न्यायका लागि मैले धेरै ढोका चाले । अदालतमा गए तर, धेरैको सल्लाहमा अर्को वर्ष बढुवा हुने आसमा मैले मुद्दाहरु डिसमिस गरे ।

त्यसबेला लोकसेवा, मुख्य सचिव, स्वास्थ्य मन्त्रालयले कसैले पनि सत्यको पक्षमा बोल्ने हिम्मत गरेनन् । अझ मुख्य सचिवले तीन दिन डकुमेन्ट होल्ड गरेर राखेका थिए । कुर्सीमा बस्नेहरु ‘बायस’ भएपछि सधै पछि लाग्न नसकिने रहेछ ।

देशमा राम्रो सोच्ने ‘जेन्यून’ मान्छेहरुलाई महिलाबाट सहयोग मिल्दो रहेनछ मलाई पनि मिलेन । जो सही छ उसको विपक्षमा लागेर गलत व्यक्तिको पक्षमा सबै निकाय लाग्दा यसलाई मैंले बीचैमा छाड्नु पर्ने अवस्था आएको हो ।

उनी फुलब्राइट स्कलरसिपमा अमेरिका गएकी थिइन् । अहिले अनलाइको पनि व्यवस्था गरिएको छ तर, संगिताले फूलब्राइट स्कलरसिप पाउँदा सम्बन्धित ठाउँमा उपस्थिति अनिवार्य हुनै पर्ने थियो ।

नोबेलबाट मैले संगिताको हाजिर कपी नै निकालेको थिए । प्रशासनले दिन नमानेपछि सुराकी नै प्रयोग गरेर गोप्य रुपमा उनको हाजिर निकालिएको थियो । सुरुमा हामीलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए । पछि हाजिर गरेको कपीको फोटो पठाएपछि बाध्य भएर डकुमेन्ट र काम गरेको छैन भनेर पत्र पठाएका थिए । धेरै समय भएकाले त्यो कागजपत्र अहिले मसँग नहुन सक्छ ।

पीडित हाल निजी संस्थामा कार्यरत रहेकाले उनको नाम उल्लेख गरिएको छैन ।

क्याटेगोरी : सुशासन
ट्याग : ## प्रमुख विशेषज्ञ, ## लोकसेवा आयोग, #अदालत- अख्तियार, #किर्ते एघारौं तह, #प्रवक्ता डा. संगिता मिश्रा, #सचिव देवकुमारी गुरागाईं, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com