काठमाडौंमा नेपालको पहिलो चिकित्सा संग्रहालय बन्ने


काठमाडौं । नेपालको पहिलो चिकित्सा संग्रहालय काठमाडौंमा बन्ने भएको छ । वाग्मती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले संग्रहालय स्थापनाका लागि अगामी आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदर्शनीमार्गस्थित नेपाल चिकित्सक संघको भवनमा संग्रहालय स्थापना हुने छ । नेपालको चिकित्सा क्षेत्रमा प्रयोग भएका ऐतिहासिक सामग्रीहरू संग्रहालयमा राख्ने छन ।

उक्त संग्रहालयमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका ऐतिहासिक उपकरण तथा अरू सामग्रीहरू प्रदर्शनीमा राखिनेछ । ‘संघका अध्यक्ष डा। लोचन कार्कीका अनुसार अहिले सामग्री संकलनको काम भइरहेको छ ।

चिकित्सा शिक्षा तथा सेवामा इतिहास बोकेका सामग्रीहरूको संरक्षणसँगै चिकित्सा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गर्न लागिएको डा। कार्की बताउँछन्
संग्रहालयमा एकपटकमा २० देखि ४० जनाले अवलोकन गर्न सक्नेछन् ।

संग्रहालयलाई आकर्षणका बनाउन अडियो–भिडियो सामग्री पनि राखिने बताइएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #नेपाल चिकित्सक संघ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com