देशैभर बालबालिकामा भाइरल ज्वरोको संक्रमण बढ्दो


भाइरल ज्वरोका बिरामी देशैभर देखिएको छ । झण्डै तीन सातादेखि भाइरल जीवाणुको संक्रमणले गर्दा ज्वरो आउने बालबालिकाको सङ्ख्या बढ्न थालेको कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा। अजित रायमाझीले बताए। अस्पतालमा दैनिक आउने आउने बालबालिकामध्ये ५० प्रतिशतमा भाइरल ज्वरो देखिएको छ। तीमध्ये ‍१० जनामध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ।

यो भाइरल ज्वरोको अवस्था देशभरी रहेको छ । कान्ति बाल अस्पतालमा धनगढी, विराटनगर, नेपालगञ्ज, पोखरा लगायत उपत्यका बाहिरका ठाउँबाट ज्वरोका बिरामी उपचारका लागि आइरहेका छन्।

अस्पतालका अनुसार एडिनो भाइरसको संक्रमणले बालबालिकाहरूमा यस्तो ज्वरो आउने गरेको चिकित्सकहरूले अनुमान गरेका छन्। तर‚ यो पुष्टि भने भइसकेको छैन। यस्तो संक्रमण हुँदा सिँगान बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने लगायतका लक्षण देखिने डा। रायमाझीले बताए।

यस्तो लक्षण देखिए सिटामोल खुवाउने, पानी खुवाउने, ज्वरो आए कपडा खोलिदिने, पानीपट्टी लगाउने, झोलिलो पदार्थ खुवाउने, आँखा रातो भए आँखामा औषधि राखिदिने गर्नुपर्ने उनको सुझाव छ। साथै ज्वारो आएको बालबालिकाबाट अर्को बाँच्चामा सर्ने भएको हुँदा स्कुल नपठाउने सचेत गराएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कान्ति बाल अस्पताल, #भाइरल ज्वरो

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com