स्वास्थ्य बिमा कार्यक्रम सामुदायिक र सरकारी अस्पतालबाट मात्र सञ्चालन हुने


काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द गर्ने भएको छ । अब सामुदायिक र सरकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम मात्र सञ्चालन गर्ने छन ।

नयाँआर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने बताएका छन ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक दामोदर बसौलाले ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन यो प्रकिया अपनाएको बताएको छ । यद्यपी मन्त्रालयले अन्तिम निर्णय गर्न बाँकी नै छ भने बर्सौलाको भनाई छ ।

स्वास्थ्य संस्था बीमा कार्यक्रममा निजी, सामुदायिक र सरकारी गरी ४४९ आवद्ध छन् । जसमध्ये ४९ वटा स्वास्थ्य संस्था निजी रहेका छन् ।

नयाँ आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको लागि सरकारले ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #स्वास्थ्य बिमा कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com