वायुसेवाका अध्यक्ष महेश्वर पदमुक्त भएसँगै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थको पद धरापमा


काठमाडौं। नेपाल वायुसेवाका अध्यक्ष महेश्वर भक्त श्रेष्ठ पदमुक्त भएसँगै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठको पद धरापमा परेको छ। उमेर विवादका कारण वायुसेवा निगमका अध्यक्ष महेश्वर पदमुक भएसँगै पशुपतिका सदस्यसचिव श्रेष्ठको हकमा पनि उक्त नजिर आकर्षित हुने देखिन्छ। तीर्थको उमेर विवादको विषय पनि रिट क्षेत्राधिकार मार्फत अदालतमा प्रवेश गरिसकेको छ। उक्त नजिर उनका हकमा पनि लागू हुन्छ।

पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ भन्ने उल्लेख छ। ८१ वर्षीय महेश्वरलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरलाई बनाएपछि सदस्य उपेन्द्रबदादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। महेश्वरको नियुक्ति उक्त मापदण्डविपरीत रहेको अदालतको ठहर छ। सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले उनको नियुक्ति बदर गरेको हो।


उक्त मापदण्ड पशुपति क्षेत्र विकास कोषको हकमा पनि लागू हुने देखिन्छ। कार्यकारी भूमिकामा नियुक्त भएका कोषका सदस्यसचिव तीर्थ ६७ वर्ष पूरा भइसकेका छन्। उनको पद पनि अदालतको पछिल्लो आदेशले धरापमा पर्ने देखिएको हो। तीर्थको नियुक्ति पनि अदालतबाट बदर गर्ने सम्भावना बढेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोष, #महेश्वर भक्त श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ