गंगालालपछि मनमोहनमा रोकिन सक्छ मुटुको ‘अपरेशन’


काठमाडौं । ‘अक्सिजेनेटर’ अभावमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया ‘अपरेशन’ रोकिएसँगै मनमोहनमा पनि यसको असर पर्ने देखिन्छ ।

गंगालालमा मुटुको ‘अपरेशन’ गर्न अत्यावश्यक पर्ने ‘अक्सिजेनेटर’ अभाव भएपछि त्यहाँका बिरामीहरू त्रि.वि. मनोमहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुग्न थालेका छन् । गंगालालको समेत चाप मनोमहन थेग्नु परेपछि त्यहाँ समेत मुटुको ‘अपरेशन’ बन्द हुने खतरा देखिएको छ ।

मनमोहनमा करिब ४० वटा ‘अक्सिजेनेटर’ रहेको र गंगालालका बिरामी समेत थपिँदा त्यसलाई थेग्न मुस्किल पर्ने खतरा छ । मनोमहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ आफूहरूले ‘अक्सिजेनेटर’ अभावमा मुटुको ‘अपरेशन’ बन्द हुन नदिने प्रयासमा रहेको बताउँछन् । विश्वमा नै ‘अक्सिजेनेटर’ अभाव भएको हो । तर मुटुको अत्यावश्यक र इमर्जेन्सी ‘अपरेशन’लाई प्राथमिकतामा राखेर सेवा बन्द हुन दिँदैनौं, हामी त्यसको उचित व्यवस्थापन गर्छौं’,कार्यकारी निर्देशक डा. श्रेष्ठले स्वास्थ्य लाइभसँग भने ।

मनोमहन कार्यकारी निर्देशक प्रा.डा. श्रेष्ठले ‘अक्सिजेनेटर’ अभावमा मुटुको ‘अपरेशन’ बन्द हुन हरदम प्रयास गरेपनि विश्वमै ‘अक्सिजेनेटर’ अभाव हुँदै गएको छ । गंगालालले एलसी खोलेर मगाएको ‘अक्सिजेनेटर’ आउन सकेको छैन । नेपाली मार्केटमा पनि यो सामान पाउँन मुस्किल छ । यो सामान ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरकार गम्भीर नहुने हो भने गंगालालपछि मनमोहनमापनि मुटुको ‘अपरेशन’ रोकिन सक्ने अवस्था आउन सक्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #'अक्सिजेनेटर', #कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, #मनोमहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, #मुटुको 'अपरेशन', #सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com