बलात्कार आरोपीसँगै मन्त्रीहरू बसेपछि व्यापक आलोचना


काठमाडौं । सिद्धबाबाका नामले चिनिने बलात्कार आरोपी कृष्ण गिरीसँगै नेपाल सरकारका दुईमन्त्रीहरू बसेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफ्नै भक्त एक महिलामाथि बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सिद्धबाबासँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर एउटै मञ्चमा बसेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

बलात्कार आरोपी सिद्धबाबासँग एउटै मञ्चमा कुम जोडेर बसेको भन्दै मन्त्रीद्वयको व्यापक आलोचना भइरहेकाे छ । काठमाडौंको पशुपति मन्दिर परिसरमा चलिरहेको एक  महायज्ञ उद्‌घाटनमा मन्त्रीद्वय बलात्कारको अरोप लागेका सिद्धबाबासँगै देखा परेका हुन् । उक्त महायज्ञ उद्‌घाटनमा सञ्चारमन्त्री कार्कीले बलात्कारको अरोपित सिद्धबाबाको प्रशंसा गरेको विषय चर्चा र आलोचनामा रहेकाे छ । यसले सामाजिक सञ्जालमा विशेष स्थान पाएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com