नर्भिक अस्पतालको रिट हेर्न नभ्याइने, अवैध संरचना बनाएर हाइसञ्चो


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको नर्भिक अस्पतालको रिट हेर्न नभ्याइने भएको हो ।

नर्भिकले अवैध संरचना हटाउन खोज्ने काठमाडौं महानगरपालिकाविरुद्ध हालेको रिटमा गत बुधबार अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । नर्भिकले हालेको उत्प्रेषणयुक्त प्रतिषेध रिटमा पाएको अल्पकालीन अन्तरिम आदेश खारेज सम्बन्ध आज विपक्षी काठमाडौं महानगरपालिकालाई झिकाइको थियो । तर, अल्पकालीन अन्तरिम आदेश पाएको नर्भिकको रिट पेशी सूचीको अन्तिम ३२ औं नम्बरमा पेशी चढाएर हेर्न नभ्याइएको हो ।

सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेपछि सरकारी जग्गामा सम्झौताविपरीत र नक्सापास स्वीकृति बेगर अवैध संरचना बनाउने नर्भिक अस्पताललाई हाइसञ्चो भएको छ । अवैध संरचना खडा गर्ने नर्भिकको पक्षमा हतार-हतार अल्पकालीन अन्तरिम आदेश जारी गर्ने सर्वोच्च अदालतले अन्तिममा पेशी चढाएर हेर्न नभ्याइने सूचीमा राखिदिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com