गेटा मेडिकल कलेज अस्पतालको नाम परिवर्तन !


काठमाडौं । प्रस्तावित गेटा मेडिकल कलेज अस्पतालको नाम परिवर्तन गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । सुहाउदो नाम नभएको भन्दै स्वास्थ्य मन्त्रालयले नाम परिवर्तन गर्न अर्थ मन्त्रालय हुदै मन्त्रिपरिषद्मा प्रस्ताव गरेको अधिकारीहरुले बताएका छन् ।

सरकारले गत ९ असारमा प्रस्तावित गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा डा. प्रमोद जोशी नियुक्त गरेको थियो । भौतिक पूर्वाधारको निर्माण सम्पन्न भइसकेको भएपनि कानुन अभावमा गेटा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन ।

सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व त्यहाँ अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । गेटामा अस्पताल सञ्चालन ल्याइसकेपछि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, नाम ठिक नभएकाले हामीले परिवर्तन गर्न प्रस्ताव गरेका हौं ।

स्वास्थ्य मन्त्रालयले ‘गेटा अस्पताल’ नामाकरण गर्न प्रस्ताव गरेको छ । नयाँ नाम परिवर्तन सँगै ५० लाख अस्पताललाई रकम विनियोजन गरिएको छ । नामसँगै रकम विनियोजनको प्रस्ताव पनि अर्थ मन्त्रालय पुगेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com