स्वास्थ्य क्रान्ति गर्ने डा शर्मा मोरङ–३ मा कांग्रेसबाट उम्मेदवार सिफारिस


मोरङ । स्वास्थ्य क्रान्ति गर्ने डा सुनिल शर्मा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । क्षेत्रीय समितिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा डा. शर्माको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

नेपालको स्वास्थ्य क्षेत्रका हस्तिको रुपमा परिचित डा शर्मा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर, काठमाडौं मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक समेत हुन् । नेपालगञ्ज मेडिकल कलेजमा भने उनको केही प्रतिशत मात्रै लगानी रहेको छ ।

डाक्टर शर्मा महाधिवेशन प्रतिनिधि हुन् । उनले पुर्व क्षेत्रमा स्वास्थ्य क्रान्ति गर्दै देशभर लगानी बढाएका छन् । कोभिड महामारीको समयमा सरकारले तोकेकोभन्दा कम मुल्यमा कोरोना परिक्षण गराएर सरकारलाई समेत दवावमा राखेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com