असोजबाट बिएण्डसी अस्पतालले छुट्टै स्वास्थ्य बीमा लागू गर्ने


काठमाडौं । सबैभन्दा धेरै बीमित भएको जिल्ला झापामा आगामी असोजबाट छुट्टै स्वास्थ्य बीमा लागू हुने भएको छ । स्वास्थ्य बीमा बोर्डको लापरबाही र सरकारले गैरजिम्मेवारीका कारण नेपालमा स्वास्थ्य बीमा कार्यक्रम आर्यघाटतर्फ लम्किरहेको छ । यही अवसरमा नागरिकले दु:ख नपाउन भनेर बिएण्डसी मेडिकल कलेज एवं अस्पतालले नागरिक लक्षित स्वास्थ्य बीमा सुरु गर्ने भएको हो ।

हाल नेपाल सरकारले सुरु गरेको बीमा कार्यक्रम मेचि अञ्चल र कोशी अञ्चलमा छिटफुट बाहेक ठप्प भएको छ । सरकारी स्वास्थ्य सस्थाले कहीं कतै सेवा दिएका छन् । स्वास्थ्य बीमा संचालन भएका सरकारी अस्पतालमा पनि सिटी स्क्यान, एक्सरे, एमआरआई, क्याथ ल्याब जस्ता निकै महत्त्वपूर्ण सेवा छैनन् । सेवा भएका निजी अस्पताल हुन् त्यहा सरकारले बन्द गरिसकेको छ ।

बीमा गरेर पनि सेवा नपाए पछि नागरिकले नबिकरण गर्न छाडेका छन् । पूर्वाञ्चलमा १० प्रतिशत पनि यस वर्ष नबीकरण छैन । बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले आगामी असोजबाट छुट्टै बीमा संचालन गर्ने बताए । ‘स्वास्थ्य जस्तो बिषयमा नागरिकलाई दुख दिनु भनेको अपराध गर्नुसरह हो, प्रसाईले भने त्यसैले मैले असोज १ गतेबाट पूर्वाञ्चलका नागरिकलाई छुट्टै बीमा सेवा दिने छु ।’,

प्रसाईले फरक योजना सहित सेवा अगाडि बढाउने तयारी गरिरहेका छन् । १० हजार तिरेर बीमित हुन पाउने छन् । नागरिकको सहजताका लागि प्रत्येकमहिना ९ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ । १० हजार तिरे बापत नागरिकले ५० हजार बराबरको स्वास्थ्य सेवा निःशुल्क पाउने छन् । सरकारले ३५ सय प्रिमियम तिर्ने व्यवस्था गरेको थियो । ३५ सय तिरेपछि वर्षमा १ लाख रुपैयाँ सम्मको सेवा निशुल्क उपलब्ध हुदै आएको थियो । तर, सरकारको कमजोरीका कारण नागरिकरले पैसा तिर्ने तर सेवा नपाउने भएपछि फरक बीमामा उनीहरु आकर्षित हुन थालेका हुन् ।

झापाका दयाराम बस्नेत सरकारले सुरु गरेको बीमा प्रति कति पनि खुसी छैनन् । बीमा कार्यक्रम राम्रो हो तर, सेवा पाउन सकिएन उनले भने । धेरै जसो सेवा स्वास्थ्य सस्थामा नि:शुल्क छ बस्नेतले भने, जुन सेवा (सिटी, एमआरआई, क्याथल्याब) मा पैसा लाग्छ त्यो सेवा सरकारी अस्पतालमा छैन । निजीमा भए पनि सरकारले बन्द गरेपछि हामीले नबीकरण बन्द गरेका छौं ।’ उनले १० हजार तिरेर बरु ५० हजारको सेवा निजीबाट लिने बताए ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #झापा, #दुर्गा प्रसाई, #बिएण्डसी मेडिकल कलेज, #स्वास्थ्य बीमा कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com