जेलर र कैदीबन्दीकाे नि:शुल्क स्वास्थ्य बीमा गरिने


काठमाडौं । सरकारले जेलर र थुनुवा कैदीबन्दीकाे नि:शुल्क स्वास्थ्य बीमा गर्ने भएकाे छ । देशभर करिब २७ हजार बढी जेलर र थुनुवा कैदी बन्दी रहेका छन् । यस वर्ष सबैकाे गर्न नसकिए पनि राजधानीबाट सुरु गरिने स्वास्थ्य बीमा बाेर्डका सूचना अधिकारी शम्भु ज्ञवालीले बताए ।

कारागार विभागकाे अनुराेधमा जेलर र थुनुवा कैदीको लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने भनेर १ कराेड रकम विनियाेजन भएकाे थियाे । ‘उक्त रकमले सबैको बीमा गर्न सम्भावना नभएकोले काठमाडौंबाट सुरु गर्न लागिएको हाे’, सूचना अधिकारी ज्ञवालीले स्वास्थ्य लाइभसँग भने ।

अधिकारीहरुका अनुसार ६ महिनाभन्दा बढी जेलमा बसेका कैदीहरुलाइ बीमा कार्यक्रममा समावेश गरिने भएकाे छ । तर, परिवारले भने सेवा पाउने छैनन् । १ बर्षभर जहाँ गएपनि सेवा पाउने व्यवस्था गरेकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com