सुचना केन्द्रमा डा विजय झा, भरतपुरमा डा बगाले ( काे कहाँ सरुवा भए)


काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको निर्देशकमा डा विजय कुमार झालाई नियुक्त गरिएको छ । यस अगाडी निर्देशकमा सुनिलराज शर्मा थिए ।

शर्मालाई भने बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालय पठाइएको छ । बाग्मती प्रदेश निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ ।
यता परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा पवनजंग रायमाझीलाई नियुक्त गरिएको छ । उपचारात्मक सेवा महाशाखाको निर्देशक रहेका डा रायमाझीलाई प्रसुती गृह पठाइएको हो ।
त्यसैगरी भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा विश्ववन्धु बगालेलाई जिम्मेवारी दिएको छ । यस अगाडी डा कृष्ण पौडेल थिए । बगालेलाई केही दिन अगाडी मात्रै हेटौंडा किटजन्य रोग तथा नियन्त्रण केन्द्रमा पठाएको थियो ।
लामो समय देखि फाजिलमा रहेकी प्रमुख स्वास्थ्य प्रशासक यसोधा अर्याललाई सार्क क्षयरोग केन्द्र तथा एचआइभी एड्समा पठाइएको छ । त्यहा कार्यरत डा अनुप बास्तोलालाई उपचारात्मक सेवा महाशाखाको निर्देशक बनाइएको छ ।

त्यस्तै आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा वासुदेव उपाध्यायलाई सिंहदरबार वैधखाना समेत हेर्नेगरी जिम्मेवारी दिएको स्रोतको दाबी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com