कान्ति बाल अस्पतालका कुर्सी छरपस्ट, निर्देशक भन्छन् मर्मत हुदैछ


काठमाडौं  । कान्ति बाल अस्पतालको आकस्मिक कक्ष अगाडिको कुर्सी भाँचीएका छन् । १२ वर्ष भन्दा कम उमेरका बालबालिका उपचार गराउने अस्पतालमा बिरामी बस्न नमिल्ने गरी कुर्सी भाँचिएको छ ।

अस्पतालमा मेडिकल उपकरण खरिदमा बिशेष जाेड दिने प्रशासनको आँखा अहिलेसम्म आकस्मिक कक्षामा पुगेकाे छैन । लामाे समय देखि कुर्सी भाँचिएकाले आकस्मिक सेवा लिन अस्पताल पुगेका बालबालिका बस्न पाएका छैनन् । सामाजिक अभियानता भिम उपाध्यायले कुर्सी छरपस्ट भएकाे प्रती सामाजिक संजालमा व्यङ्ग्य समेत गरेका छन्
“बस्ने कुर्सीकाे नट भाँचिएको रहेछ, अस्पतालका निर्देशक डा युवानिधि बसाैलाले भने, चाँडै मर्मत हुन्छ ।” उनले बालबालिका बस्ने कुर्सी छरपस्ट भएकाे प्रती आफ्नो गंभिर ध्यानाकर्षण भएकाे बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com