ललितपुरमा विशेषज्ञ चिकित्सक सहितको क्लिनिक सञ्चालनमा


ललितपुर । ललितपुरमा प्यासिफिक बहुविशेषज्ञ क्लिनिक सञ्चालनमा आएको छ । एकै ठाँउबाट धेरै रोगको उपचार सेवा प्रदान गर्ने योजनाका साथ क्लिनिक सञ्चालनमा आएको हो । क्लिनिकबाट आम नागरिकले विशेषज्ञ चिकित्सा सेवा पाउने छन् ।

क्लिनिकमा निसन्तान दम्पतीका लागि इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ), डेन्टल, स्त्री तथा प्रसूति, फिजियोथेरापी, मधुमेह तथा थाइराइड, छाला, नाक, कान, घाँटी, बाल रोग, हाडजोर्नी तथा नसा, प्रयोगशाला लगायतका सेवाहरु दिइने छ ।

प्यासिफिक क्लिनिकका प्रमुख डा काजन रानाभाटले क्लिनिकबाट सबै प्रकारका विशेषज्ञ सेवा दिने बताए । नयाँ ज्ञानसिपमा आधारित रहेर उपचार सेवा दिनेछौं उनले भने । डा रानाभाटका अनुसार क्लिनिकमा आधुनिक प्रविधि र प्रणालीको प्रयोगबाट छिटोछरितो सेवा प्रदान गरिनेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com