अनशनरत डा. केसीको स्वास्थ्य अवस्था सामान्य


काठमाडौं । धनगढीको एलएन चौकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केशीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

केसीका सहयोगी अमृत जैसीका अनुसार डा.केसीको २० औं सत्याग्रहको आज दोस्रो दिन अहिलेसम्म सबै चेकजाँचहरु गर्दा स्वास्थ्य अवस्था ठिकै रहेको छ । आज सेती प्रादेशिक अस्पतालका चिकित्सकको नेतृत्वमा उहाको नियमित स्वास्थ्य परिक्षण गर्न कमिटी गठन भएको उनले जानकारी दिए । ‘सरकारका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको र धनगढीका आम मानिसहरु उहालाइ भेटन आउने क्रम जारी रहेको जैसीले बताए ।

डा. केसीले हिजो ५ बजेदेखि २० औं आमरण अनशन सुरु गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com