दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ भोलि र पर्सी कार्की ब्याङ्कौटमा हुने


काठमाडौं । नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ भोलि र पर्सी बबरमहलस्थित कार्की ब्याङ्कौटमा हुने भएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार असोज ४ र ५ गते दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त दोस्रो ‘नेसनल एनएमए हेल्थ समिट’२०२२ उद्‌घाटन हुने अध्यक्ष डा. कार्कीले जानकारी दिए । दिउँसो ३ बजे प्रधानमन्त्री देउवा दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ उद्‌घाटन गर्न आउने कार्यक्रम तय भएको डा. कार्कीले बताए ।

नेपाल चिकित्सक संघको नेतृत्वमा डा. कार्की आइसकेपछि ‘एनएमए नेसनल हेल्थ समिट’को नयाँ कार्यक्रम सुरुवात गरेका हुन् । नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा ‘एनएमए नेसनल हेल्थ समिट’ले विशेष योगदान पुर्‍याउने डा. कार्कीको विश्वास छ । यो समिटको नेतृत्व डा. चन्दा कार्कीले गरेकी छिन् ।

दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ प्रयोजनमा लागि डा. बद्री रिजालको नेतृत्वमा रिसेप्सन तथा रजिष्ट्रेसन कमिटी, डा. अनिल बिक्रम कार्कीको नेतृत्वमा फण्ड राइजिङ कमिटी, डा. प्रकाश बुढाथोकीको नेतृत्वमा पब्लिसिटी कमिटी, डा. सन्तोष उपाध्यायको नेतृत्वमा कल्चरल कमिटी र  डा. सुजित भुसालको नेतृत्वमा आईटी कमिटी बनेको छ ।

एडभाईजरी कमिटीमा डा. रेमेशकान्त अधिकारी, डा. केदारनर्सिङ केसी, डा. किरण रेग्मी, डा. कुशुम थापा, डा. मीता सिंह र डा. भूपेन्द्र कुमार बस्नेत रहेका छन् । दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि नेपाल चिकित्सक संघले व्यापक तयारी गरेको छ । यसका लागि नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीसहितका पदाधिकारीहरू निरन्तर सक्रिय छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, #अध्यक्ष डा. लोचन कार्की, #दोस्रो 'एनएमए नेसनल हेल्थ समिट', #नेपाल चिकित्सक संघ(एनएमए)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com