‘सम्मेलनले नियम, ऐन, कानुन बनाउन सरकारलाई सपाेर्ट गर्छ’,


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले एनएमए राष्ट्रिय स्वास्थ्य  सम्मेलनले नियम, ऐन, कानुन बनाउन सरकारलाई सपाेर्ट गर्ने बताएका छन् । सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सम्मेलनको निष्कर्षलाई कार्यान्वयन गर्न के-के गर्नुपर्छ प्रधानमन्त्री कार्यालय त्यसमा सकारात्मक रहेको राज्यमन्त्री श्रेष्ठको धारणा छ । ‘७२ दिन महामारीको समयमा काम गर्ने अवसर पाए । छाेटाे समयमा देशका सबै क्षेत्रका बारेमा बझ्न पाए । स्वास्थ्य र शिक्षा राज्यकाे दायित्व हाे हुनुपर्छ त्यसमा कुनै दुईमत छैन । कर्मचारी दरबन्दी समस्या छ । ग्रास लेभलबाट सुधार हुन जरुरी छ ।’, राज्यमन्त्री श्रेेष्ठले भने ।

डायलाइसिसको समस्या हाल केही सहज भएकाे भन्दै उनले सरकारी अस्पताल गरिब हैन धनी समेत जाने बनाउनु पर्ने बताए । सरकारी अस्पताललाई निजीभन्दा राम्रो सेवा दिने बनाउनु पर्ने राज्यमन्त्री श्रेष्ठको भनाइ छ । उनले भने, ‘मेडिकल, नर्सिङ पढ्ने धमाधम विदेशीएका छन् । सम्भावना देशमा नै छ । निमयन गर्दै अवसर प्रदान गर्नु पर्छ । चिकित्सक स्वास्थ्यकर्मीलाई दुर्गममा काम गर्दा इन्सेन्टिभ दिनु पर्छ ।’,

स्वास्थ्य सचिव डा. राेशन पाेखरेलले  विशेषज्ञ व्यक्तिले दिएकाे धारणालाई मन्त्रालयमा ल्याएर छलफल गर्ने बताए । सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘अहिलेसम्म पछाडि फर्कन सकेकाे छैन । हामिले आवश्यक सहयोग गर्छाैं । जायज कुराहरुलाइ सधै आत्मसात गर्दै अगाडि बढ्नेछाै ।’,

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com