लामखुट्टेकाे टाेकाईबाट ३२ जनाकाे मृत्यु, सातै प्रदेशमा संक्रमण


काठमाडौं । सातवटा प्रदेशमा फैलिएको डेंगुले ३२ जनाकाे ज्यान लिएको छ । नेपालकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताए अनुसार हाल सम्म ३२ जनाकाे मृत्यु लामखुट्टेकाे टाेकाईबाट भएकाे छ ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

नेपालमा लामखुट्टेकाे टाेकाईबाट मृत्यु हुने याेनै सबैभन्दा बढी हाे ।
डेंगुका कारण नेपालमा २५ हजार ५ सय ४३ संक्रमित भइसकेकाे स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।बागमतीमा सबैभन्दा बढी छन् । विगतमा काेराेना भन्दा भयानक रुपमा डेंगु देखिएकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com