आज बाढीले भेरी-कर्णालीमा वितण्डा मच्चाउने


काठमाडौं । अविरल वर्षाका कारण बाढी, पहिरो आउँदा देशभरकै जनजीवन प्रभावित बनेको छ । बिहीबार बागमती, गण्डकी र लुम्बीनामा वितण्डा मच्चाएको बाढीले आज भेरी र कर्णालीमा वितण्डा मच्चाउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टा भेरी जलाधारको विभिन्न स्थानमा भारी बर्षा भई जलसतह सतर्कता /खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै पछिल्लो ३ घण्टा कञ्चनपुर,कैलालीको धेरै स्थानमा भारी बर्षा भएको र थप हुने, खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत उक्त जिल्लाको साना खोलाहरुमा एक्कासी बाढी आउन सक्छ भाकाले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजे सम्म सतर्क रहन समेत महाशाखले आग्रह गरेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com