चुनावमा रोचक भिडन्त

उमेश श्रेष्ठ, रवि लामिछाने र कृष्णभक्तबीच त्रिपक्षीय प्रतिस्पर्धा


काठमाडौं । प्रतिनिधिसभाको आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, मिडियाकर्मी रवि लामिछाने र भरतपुर अस्पतालका पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलबीच उक्त क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आंकलन गरिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्ने भनेको चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने मनस्थिति बनाएका लामिछाने उनी गोरखाबाट उठेपछि उमेश श्रेष्ठसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । तर त्यो क्षेत्रमा भरतपुर अस्पतालका अध्यक्ष समेत भइसकेका कृष्णभक्त पोखरेल पनि उत्तिकै बलिया उम्मेदवार मानिन्छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका पोखरेल उक्त क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद समेत हुन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठलाई पनि जित्ने उम्मेदवारका रुपमा  हेरिएको छ । छोटो समय स्वास्थ्य राज्यमन्त्री हुँदा श्रेष्ठले स्वास्थ्य क्षेत्र सुधार, विकास र विस्तारमा ठूलो भूमिका खेलेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमै आत्महत्या दुरुत्साहनमा मुद्दा लागेपछि उनीप्रति पनि चितवनमा उत्तिकै क्रेज छ । तर त्यो क्रेज मतमा परिणत हुनेमा भने विश्वास्त हुने अवस्था छैन ।

प्रचण्ड हुँदा चर्चामा रहँदै आएको चितवन क्षेत्र नम्बर ३ अहिले छायाँमा परेको छ । उमेश श्रेष्ठ, रवि लामिछाने र कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा हुने चितवन-२ अहिले देशभर चासो र चर्चामा रहेको छ )

 

क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ, #रवि लामिछाने र कृष्णभक्त पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com