मोबाइलको टर्च बालेर भएपनि बिरामीको सेवा गर्दै स्वास्थ्यकर्मी


काठमाडौं । कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतका स्वास्थ्यकर्मी  मोबाइलको टर्च बालेर भएपनि बिरामीको सेवा गरिरहेका छन् । अस्पतालमा विद्युत आपूर्ति बन्द भएपछि स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर भएपनि बरामीको सेवा गरेका हुन् ।

‘खाने मुखलाई जुंगाले छेक्दैन’ भनेझैं बिरामीको सेवा गर्न खटिएका स्वास्थ्यकर्मीलाई अध्यारोले पनि रोक्न सकेन । कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतका स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर भएपनि बिरामीको सेवा गर्न लागेका हुन् । यसले स्वास्थ्य सेवाप्रति भरोसा बढाएको छ ।

सिंहदरबार र रामशाहपथमा बसेर पदक हात्याउनेहरुले बिरामीको सेवा के हो र कसरी गर्नुपर्छ भन्ने कुरा कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतका स्वास्थ्यकर्मीबाट सिक्न जरूरी छ । डेंगु महामारी फैलिएको अवस्थामा पनि आफ्नो निजी स्वार्थका लागि स्वास्थ्य मन्त्रालयको ढोका ढुक्ने स्वास्थ्यकर्मीलाई कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतका स्वास्थ्यकर्मीले सबक सिकाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com