बेइमानी भेटिएपछि डा. निकोलस भुसालको उम्मेवारी खारेज


काठमाडौं । बेइमानी भेटिएपछि कमल भुसाल उर्फ डा. निकोलस भुसालको उम्मेदवारी खारेज भएकाे छ ।

निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का अध्ययनरत डा. भुसालले बेइमानी गरेको भेटेपछि उम्मेदवारी खारेज गरिदिएको हो ।

बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हराउने उद्देश्यका साथ मैदानमा खडा भएका नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत डा. भुसालले आईओएमलाई जानकारी नै नगराई उम्मेवारी दर्ता गराएको पाइएपछि आयोगले उम्मेदवारी खारेज गरिएको छ ।

सरकारबाट लाभ प्राप्त गरी आईओएमबाट एमडी गर्दै गरेका डा. भुसाल प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनेको खुलेपछि उनको उम्मेदवारी खारेज भएको हो । उनीविरुद्ध निर्वाचन कार्यालयमा उजुरीको आधारमा छानबिन गर्दा सरकारी छात्रवृत्तिमा एमडी गर्दै शिक्षण अस्पतालबाट भत्ता खाने गरेको तथ्य पुष्टि भएपछि निर्वाचन आयोगले डा. भुसालको उम्मेदवारी खारेज गरेको जनाएको छ ।

कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि योग्य नहुने कानूनी व्यवस्थाविपरीत सरकारी कोषबाट आर्थिक सुविधा लिइरहेका डा. भुसालले उम्मेदवारी दर्ता गरेको फेला परेपछि खारेज गरिएको पाइन्छ । त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङ र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि निर्वाचन आयोगले खारेज गरिदिएको छ । यो घटनाले बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपा एमालेका उपाध्यक्ष पौडेललाई फाइदा हुने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com